अछाम, फागुन २६: जिल्लाको तुर्माखाँद गाउँपालिकामा रुखबाट लडेर आइतबार एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ नाडा बैँस निवासी रामबहादुर शाहीकी छोरी १८ वर्षीया दुर्गा शाही रहेकी छन् ।
उनी शनिबार साँझको समयमा घर नजिकै रहेको साजको घाँस काट्ने क्रममा रुखबाट लडेकी थिइन् ।
लडेर उनको टाउकोमा गहिरो चोट लागेको थियो । चोट लागी गम्भीर घाइते शाहीको उपचार गर्न सुर्खेत लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएकोप्रहरी चौकी तुर्माखाँदले जानकारी दिएको छ ।
प्रहरी चौकी तुर्माखाँदका सहायक प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार उपचार गर्न लैजाँदै गर्दा दैलेख र सुर्खेतको सिमाना रातानाङ्ला नजिकै आइतबार बिहान ३ बजेतिर ज्यान गएको खबर प्राप्त भएको हो ।
मृतक शाही तुमाखाँद गाउँपालिकाको दुर्गा कालिकाश्वरी माध्यामिक विद्यालयमा कक्षा १० मा अध्यनरत थिइन् ।