रुखको हाँगाले लागेर सर्लाहीमा एक महिलाको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2020 Jun 21 | 08:37 pm 2312

सर्लाही, असार ७ः टिपरले भाँचेको रुखको हाँगाले लागेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ब्रम्हपुरी गाउँपालिका ६ की ४५ वर्षीया कैलासीय देवी खसेर रहेका छन् ।

नोकैलवास्थित भित्री सडक खण्डमा ना ४ ख ५४४८ नम्बरको टिपरले ग्राभेल झारेर हाइड्रोलिक डाउन गर्ने क्रममा पिपलको हाँगा भाँचिएर खस्दा छहारीमा बसिरहेका उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

उनीसँगै छहारीमा बसेकी सोही ठाउँकी ४० वर्षीया प्रमिला देवी गम्भीर घाइते भएकी छन् ।

उनीको जिल्ला अस्ताल मलंगवामा सामान्य उपचार पश्चात थप उपचारको लागि उनलाई वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.