रुकुम पूर्वमा बस दुर्घटना हुँदा चारको मृत्यु, १० घाइते

| 2022 Sep 22 | 04:49 pm 157

रुकुम पूर्व, असाेज ६ः रुकुम पूर्वको भूमे गाउँपालिका-३ को क्याङसी बगरमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । काठमाडौंबाट रुकुमकोटतर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।

भूमे-२ को खावाङ बगर नजिकै पर्ने वडा नम्बर ३ को क्याङसी बगरमा भएको बस दुर्घटनामा अन्य १० जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जनाकारी दिएका छन् । मृतकको सनाखत हुन र घाइतेहरुको परिचय खुल्न बाँकी छ ।

बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसको पछाडिको चक्का खाल्डोमा परेको देखिएको र अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिए पनि दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.