रीना बस्नेतकाे मृत्यु प्रकरण : भ्रम नफैलाउन प्रहरीको आग्रह

रिपोर्ट नेपाल | 2019 Apr 27 | 07:52 am 1595

विराटनगर, वैशाख १३ : मोरङ्गको पथरी शनिश्चरे, १ की २९ वर्षीया रीना बस्नेतको मृत्यु प्रकरणका बारेमा प्रहरीले भ्रम नफैलाउन आग्रह गरेको छ । गत ७ वैशाखमा घरअगाडि शंकास्पद मृत फेला परेकी बस्नेतको बलात्कारपछि हत्या गरी नग्न अवस्थामा छाडिदिएको भन्दै समाजिक सञ्जाललगायत माध्यममा ‘भाइरल’ भएको थियो ।

मोरङ्ग प्रहरी प्रवक्त्ता डिएसपी घनश्याम श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै सुचनाको हक र नागरिक अधिकारलाई संरक्षण गर्न प्रहरी प्रतिबद्ध रहेको जनाएको छ । जसले गर्दा बस्नेतको मृत्यु प्रकरणमा भ्रमपूर्ण समाचार प्रकाशन गर्नेलाई निगरानी गरी कानूनअनुसार कारबाही गर्न बाध्य हुने उल्लेख गरिएको छ ।

सिसी टिभीको अस्पष्ट फुटेजका आधारमा युट्युबमा भिडियो पोष्ट गरेपछि बस्नेतको मृत्युका बारेमा भ्रम फैलिएको हो । तर प्रहरीको अनुसन्धानअनुसार सिसी टिभी फुटेजमा देखिएका ठेलावाला तरकारीको बोरा बोकेर बजारतर्फ आउँदै गरेको पुष्टि भएको छ । ती ठेलावाला र रीनाको मृत्युसँग कुनै सम्बन्ध नभएको प्रहरीको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.