रिसिवीका कारण मोटरसाइकल जलाउने पक्राउ

रिपोर्ट नेपाल | 2021 Mar 14 | 12:26 pm 2353

सर्लाही, चैत १ः शनिबार जिल्लाको ईश्वरपुर नगरपालिका ६ बयलवास बस्ने मुस्तुफा अन्सारीको प्र२–०३–०१२प२६०३ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल घरबाट चोरी भएको थियो ।

उक्त खबर प्रहरी कार्यालयमा प्राप्त हुना साथ प्रहरी नायब निरीक्षक वकिल ठाकुरको कमाण्डमा ५ जनाको टोल खटि गई
खोज तलास गर्दै जाँदा उक्त मोटरसाइकल नारायण माध्यमिक विद्यालयको कम्पाउण्ड एरियामा आगो लागि पूर्ण रुपले जलि क्षति भएको अवस्थामा फेला परेको थियो ।

उक्त मोटरसाइकल प्रहरी कार्यालयमा ल्याई राखिएको, चोरी गर्ने तथा आगो लगाउने मानिसहरुको खोजतलास तथा अनुसन्धान गर्ने क्रममा आइतबार मोटरसाइकलधनी मुस्तुफा अन्सारीकै काकाको छोरा १६ वर्षीय एैसान अन्सारीले रिसिवीको कारण उक्त मोटरसाइकल
चोरी गरी जलाएको पुष्टि भएको छ ।

उनलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.