रिभल्बरसहित दुई युवा प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2018 Jul 01 | 02:33 pm 3670

कपिलवस्तुमा दुई युवालाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ । कपिलवस्तु नगरपालिका जहदीवासी ३२ वर्षीय मन्नु उर्फ मतेश्वर र सोही स्थानका १९ वर्षीय नन्दकिशोर यादवलाई रिभल्बरसहित प्रहरीले शनिबार पक्राउ गरेको हो ।

उनीहरु प्रहरीले गरेको सडक जाँचका क्रममा तौलिहवाबाट जहदीतर्फ जाँदै गरेको अवस्थामा हतियारसहित प्रहरी नियन्त्रणमा परेका हुन् । लु २३ प ८८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरु प्रहरीको चेकजाँच छलेर उम्कने प्रयासमा रहेपनि प्रहरीको विशेष सतर्कताका कारण भाग्न नसकेको बुझिएको छ ।

मोटरसाइकलमा पछाडि सवार मतेश्वरको साथबाट हतियार फेला परेकोले चालक नन्दकिशोरलाई समेत नियन्त्रणमा लिएर छानबिन शुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरु कुन उद्देश्यले हतियारसहित जहदी जाँदै थिए भन्नेमा अनुसन्धान केन्द्रित रहेको सुत्रले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.