- महेश सिंह
सिरहा, जेठ २४ः लहान नगरपालिकाका नवनिर्वाचित मेयर महेश प्रसाद चौधरीले संगीता स्मृति प्रतिष्ठानद्वारा लहान २४ का बिपन्न बस्तीमा राहत वितरण गरेका छन् । राहत वितरण गर्न गएका चौधरीलाई स्थानीयले भब्य स्वागत र सम्मान गरेका छन्।

समाज सेवाबाट उकासिएका चौधरी गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहकाे निर्वाचनबाट लहान नगरपालिकाको मेयरमा अत्याधिक मतले मेयर बन्न सफल भएका हुन् । श्रीमती संगिता कर्माचार्यले कोरोना महामारीकाे समयमा पहिलो पटक माक्स र सेनिटाईजर लिएर त्यही बस्तीबाट अभियान सुरु गरेका थिए।
स्वर्गीय संगीता कर्माचार्यको सपना पुरा गर्न मेयर चौधरीले अभियान सुरु गरेकै ठाँउबाट मेयर भए पश्चात् ७० घर घुरी दलित र बिपन्न परिवारलाई राहत वितरण गरेएका हुन । मेयर चौधरी बिगत ३ बर्ष देखि निरन्तर समाजसेवामा लागीपरेका छन्।
राहत पाउदा खुशी हुँदै बिपन्न परिवारले मेयर चौधरीलाई भब्य स्वागत र सम्मान गरेका थिए।