रास्वपा सांसदको बजेट प्रति असन्तुष्टि

| 2024 Jun 13 | 02:59 pm 285

काठमाडौँ ३१ जेठ / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कास्कीका ग्रामीण भूभागका विभिन्न पूर्वाधार निर्माणका लागि सरकारले बजेट नपठाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

सांसद नेपालीले मन्त्री र शक्तिशाली नेताका क्षेत्रमा मात्रै बजेट परेको आरोप लगाउँदै विकासको पर्खाइमा रहेका कास्कीका गाउँहरूमा बजेट नपठाइएको बताएका हुन्।

उनले घान्द्रुक, सिकलेश, तान्तिङ, वार्चोकजस्ता कैयौं पर्यटकीय गाउँहरूमा पूर्वाधार बन्दै गरेको तर बजेट नहुँदा सम्पन्न हुन नसकेको बताए।

‘गाउँहरू जाने बाटोहरू, जनतालाई के जबाफ दिने? मन्त्री र शक्तिशाली नेताको क्षेत्रमा मात्रै बजेट पर्ने भएपछि अब बजेट पाउन मन्त्रालय धाउन पर्ने हो? उनले प्रश्न गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.