रास्वपाले बोलायो केन्द्रीय समिति बैठक यस्ता छन् एजेन्डा

| 2024 Sep 27 | 02:09 pm 273

काठमाडौँ, आश्विन ११ /

काठमाडौँ, आश्विन ११ / सभापति रवि लामिछानेको सहकारी विवादका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार बिहान साढे ११ बजेका लागि पार्टी कार्यालय वनस्थलीमा बैठक बोलाएको छ।

रास्वपाका अनुसार बैठकमा ६ वटा विषय छलफल गर्नका लागि एजेन्डा प्रस्तुत गरिएको छ । ती एजेन्डामध्ये समसामयिक राजनीति र विविध पनि हुन् । बैठकमा पार्टी सभापति लामिछानेमाथि पछिल्लो समयमा सरकारले गरेको निगरानीप्रति पनि छलफल हुने बताइएको छ।

साथै सहकारीको पैसा मिडियामा पुगेपछि ‘अपचलन’ गर्नेमा राई र जोशी सहित लामिछाने पनि संलग्न भएको र उनीहरूलाई कारबाही गर्न समितिले प्रतिवेदनबाट निर्देशन दिएको छ । यस्तै गोरखा मिडिया नेटवर्कमा पैसा लैजान प्रयोग भएका कागजात पनि किर्ते र नक्कली भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रीय समिति बैठकमा पार्टीले समसामयिक राजनीतिक गतिविधि बाहेक अन्य विषय पनि समावेश गरेको छ । पार्टी उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा चीन भ्रमण गएको टोलीले भ्रमणको विषयमा जानकारी गराउने छ । त्यहाँ भएको भेटघाट‚छलफल र उपलब्धि बारे केन्द्रीय समितिलाई जानकारी गराउने तयारी छ ।

यस्तै‚ बैठकमा असोज १ र २ गते राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय भेलाको विषयमा पनि छलफल हुनेछ । साथै‚ बैठकमा महाधिवेशन केन्द्रित गतिविधि तथा विविध विषयमा छलफल हुने रास्वपाले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.