रास्वपाको कारबाही अवैधानिक भन्दै मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन

| 2024 Jul 28 | 12:44 pm 285

काठमाडौं १३ साउन । रास्वपाका निलम्बित महामन्त्री डा मुकुल ढकालले आइतबार निर्वाचन आयोगमा निवेदन दिँदै ढकालले आफूलाई रास्वपाले कारबाही गर्न नसक्ने दलील पेश गर्दै पार्टीको आधिकारिक महामन्त्री आफैं रहेको दाबी गरेका छन् ।

२५ असारमा रास्वपा केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री, प्रवक्ता एवम् केन्द्रीय समिति सदस्यबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । ‘यद्यपि, मैले पदमुक्त बारेमा पार्टीबाट कुनै पनि पत्र हालसम्म प्राप्त गरेको छैन’, निर्वाचन आयोगमा दिएको निवेदनमा उनले भनेका छन्, पार्टीले कारबाही गरेको विषयमा आफूलाई कुनै पत्र प्राप्त नभएको र सञ्चारमाध्यमबाट थाहा पाएको उनको दाबी छ ।

पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिनसक्ने निर्णय लिएको छ । कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको ढकालको जिकिर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.