रास्वपाका मिलनलाई आफ्नै वडामा मतदाताले पत्याएनन्

| 2024 Apr 29 | 12:20 pm 653

काठमाडौँ, १७ वैशाख / राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बूलाई उनकै वडाका मतदाताले पत्याएनन्। उनले गृह वडा माङसेबुङ–२ मा ९६ मत मात्र पाएका छन्। उनको वडामा एमालेले सवैभन्दा बढी मत पाएको छ। इलाम-२ मा रास्वपाका मिलन योङहाङ लिम्बू जारी मतगणनामा चाथौँ स्थानमै सीमित रहेका छन् ।

संघीय निर्वाचन २०७९ को मंसिर ४ गते नयाँ सक्तीको रुपमा उदायको रास्वपाले उपनिर्वाचनमा भने अपेक्षित मत प्राप्त गर्न सकिरहेको छैन । रास्वपाका उम्मेदवार मिलन आफ्नै वडामा पनि कमजोर देखिएका छन् । उनले आफ्नो वडाबाट ९६ मतमात्र पाएका छन् । आफ्नो वडासमेत रहेको माङसेबुङ गाउँपालिका वडा नम्बर २बाट उनले निराशजनक मत पाएका हुन् । उनी माङसेबुङ गाउँपालिका वडा नम्बर २ का मतदाता समेत हुन् ।।

हल्लाको रुपमा हेरिएको रास्वपालाई भने मतगणना भएका ३ पालिकामा मतदाताले पत्याएनन्। रास्वपाका उम्मेदवार मिलन लिम्बूले १ हजार ५ सय १२ मत ल्याएका छन्। पूर्वप्रधानमन्त्री झलनाथ खनालको पार्टी नेकपा एकिकृत समाजवादीका उम्मेदवार जित बहादुर राईले २ सय ५९ मत पाएका छन्। मंगोलका मनि बहादुर लिम्बुले २ सय ३० मत पाएका छन्।

इलाममा राजावादी दल राप्रपालाई १ सय मत पुर्‍याउन हम्मेहम्मे देखिएको छ। राप्रपाका लक्ष्मी गुरुङले ५५ मत पाएका छन्। उनी भन्दा मंगोल नेशनल अर्गनाइजेसन, सिके राउतको पार्टी जनमत पार्टी र इलाममा संगठन नै नरहेको नेपाली जनता दलले बढी मत पाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.