राष्ट्र र जनताको पक्षमा काम गरेर आफूलाई राम्रोसँग स्थापित गर्नुपर्छ : प्रचण्ड

| 2018 Jun 04 | 03:00 pm 3250

पाेखरा,२१ जेठ : राष्ट्र र जनताको पक्षमा काम गरेर आफूलाई राम्रोसँग स्थापित गर्नुपर्ने अहिलेको आवश्यकता रहेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । सोमबार पोखरामा पत्रकार महासंघ प्रदेश ४ ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र र जनताको पक्षमा काम गरेर आफूलाई राम्रोसँग स्थापित गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै तीनै तहलाई मध्यनजर गरेर बजेट ल्याउने अनुभव हासिल नभइसकेकोले केही जटिलता भए जस्तो देखिएपनि त्यसले विकासमा केही असर नगर्ने पनि बताए । ‘विगतमा वर्ष वर्ष दिनमा सरकार फेरिने भएको हुनाले सरकारले बजेट बनाउँदा अलि बढी पपुलारिटीलाई ध्यान दिन्थ्यो,’ उनले भने, ‘देशको समग्र आर्थिक स्थितिलाई सन्तुलन गरेर लैजाने तिरभन्दा पपुलर कुराहरू गरेर भोट तान्नेतिर ध्यान दिने विगतका बजेटको सारतत्व हो भन्न सकिन्छ।’

उनले बजेटलाई हेरेर संघीयतामा प्रदेश शक्तिशाली हुँदैन की भन्ने टिप्पणी भइरहेको बारे सरकार र पार्टी भित्र पनि कुराहरु भइरहेको बताए। उनले अघिल्लो सरकारले प्रस्तुत गरेको प्रदेश सरकारको मुख्यमन्त्री, मन्त्री या प्रदेशसभाका सांसदहरूको मर्यादाक्रम पनि ठिक नभएको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.