राष्ट्र बैंकद्वारा दुई मनी एक्सचेन्जको लाइसेन्स खारेज

| 2024 Aug 15 | 02:01 pm 429

काठमाडौँ ३१ साउन / नेपाल राष्ट्र बैंकले बिहीबार सूचना निकालेर काठमाडौं ठमेलको रेन्बो मनी एक्स्चेन्ज र ललितपुर पुल्चोकको कसा मनी एक्स्चेन्जको इजाजतपत्र रद्द गरेको छ । राष्ट्र बैंकले यी दुई वटा एक्सचेन्जको लाइसेन्स रद्द गरिएको जानकारी दिएको हो ।

मनिचेन्जर कारोबार गर्न केन्द्रीय बैंकबाट इजाजत पत्रप्राप्त गरेका मनिचेन्जरहरूको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप–विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको जानकारी राष्ट्र बैंकले जानकारी गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.