राष्ट्रिय सम्मानका साथ माओवादी नेतृ दाहालको अन्त्येष्टि

| 2023 Jul 12 | 05:40 pm 1705

काठमाडौं, असार २७ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जीवन संगीनी सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीले राजकीय सम्मानका साथ सलामी अर्पण गरेका थिए । उनको पार्थिव शरीरलाई अन्तिम संस्कार गर्दै पति पुष्पकमल दाहाल प्रचण्ड, २ छोरी रेणु दाहाल र गंगा दाहालले दागबत्ती दिएका थिए ।

लामो समय देखि अस्वस्थ्य रहेकी दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । निधन पश्चात उनको शवलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि पार्टी कार्यालय पेरिसडाडा राखिएको थियो । नेकपा माओवादी केन्द्रकी सल्लाहकार समेत भएकी स्वर्गीय दाहाललाई श्रद्धाञ्जली दिनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, शुभचिन्तकको ठूलो भिड लागेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.