राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसका १० उम्मेदवार तय

| 2024 Jan 08 | 08:21 am 481

काठमाडौँ २३ पुष / नेपाली कांग्रेसले आउँदो राष्ट्रिय सभा निर्वाचनका लागि १० जना उम्मेदवारको नाम तय गरेको छ ।

कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला (अन्य), मधेशबाट आनन्दप्रसाद ढुंगाना (अन्य), बागमतीबाट जीतजंग बस्नेत (अन्य), विष्णुदेवी पुडासैनी (महिला), गण्डकीबाट किरणबाबु श्रेष्ठ (अन्य), पदमबहादुर परियार (अपाङ्गता/अल्पसंख्यक), लुम्बिनीबाट  विष्णुकुमारी सापकोटा (महिला), कर्णालीबाट कृष्णबहादुर रोकाया (अन्य) तथा सुदूरपश्चिम प्रदेशबाट बलदेव बोहरा (अन्य) र नारायणदत्त भट्ट (अपाङ्गता/अल्पसंख्यक) लाई उम्मेदवार बनाएको कांग्रेसले जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचन आउँदो माघ ११ गते हुनेछ। रिक्त १९ पदका लागि हुने निर्वाचनको मनोनयन दर्ता आज हुँदै छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.