राष्ट्रिय सभा अध्यक्ष पदको मनोनयन दर्ता सोमबार

| 2024 Mar 10 | 01:15 pm 429

काठमाण्डौ २७ फागुन / राष्ट्रिय सभाको अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सनाको कार्यकाल सकिएर बिदा भएकाले राष्ट्रिय सभाको अध्यक्षको पदमा मंगलबार निर्वाचन हुने भएको छ ।

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुको आइतबार बिहान बसेको सर्वदलीय बैठकले सोमबार मनोनयन दर्ता गर्ने गरी निर्वाचनको मिति तय गरेको हो ।

यसअघि राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको कार्यतालिकामा फागुन २७ गते राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र २९ गते निर्वाचन गर्ने उल्लेख छ ।

यही अनुसार आइतबार दिउँसो १ बजेर ९ मिनेटमा बस्ने बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको मिति तोक्ने कार्यसूची तय भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.