काठमाडौँ २८ फागुन / भोलि हुने राष्ट्रिय सभाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसका युवराज शर्मा र माओबादीका नारायण दाहालले मनोनयन दर्ता गराएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा दुवै जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।
नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् ।
त्यसै गरि सत्ता गठबन्धनका उमेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।