राष्ट्रिय सभामा गोलाप्रथा : कसको कार्यकाल कति ?

| 2018 Jun 18 | 12:11 pm 4700

काठमाडौं, असार ४ : राष्ट्रियसभाका ५९ जना सांसदको कार्यकालका लागि गोलाप्रथा भइरहेको छ । गोलाप्रथाबाट १९ जनाको दुई वर्ष, २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष पदावधि निर्धारण गर्न लागिएको हो ।

राष्ट्रियसभामा सदस्यको पूर्ण कार्यकाल छ वर्षको हुने संवैधानिक व्यवस्था छ ।

गृहमन्त्री राम बहादुर थापा बादल र राष्ट्रिय सभा सदस्य गणेश तिमल्सिनाको कार्यकाल छ वर्ष हुने भएको छ ।

राष्ट्रिय सभाबाट अर्थमन्त्री बनेका युवराज खतिवडा दुर्इ वर्षको चिठ्ठा परेको छ ।

प्रदेश ५ को नेकपाबाट राष्ट्रियसभा सदस्य बनेकी कोमल ओलीको कार्यकाल चार वर्ष भएको छ । चर्चित गायीका तथा सामाचार बाचिका ओली रेडियो नेपालको सरकारी जागिर छाडेर तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

प्रदेश ५ बाटै राष्ट्रियसभामा निर्वाचित अनिता देवकोटाको कार्यकाल छ वर्ष कायम भएको छ ।

प्रदेश ३ बाट निर्वाचित नेकपाकी पार्वती रावलको कार्यकाल पनि ६ वर्ष तय भएको छ ।

नेकपाकै उदया शर्मा पौडेल ४ वर्ष राष्ट्रियसभा सदस्यको रुपमा रहनेछिन् ।

कांग्रेसकी धनकुमारी खतिवडाको २ वर्ष राष्ट्रियसभा सदस्यको रुपमा रहनेछिन् ।

प्रदेश ४ कि बिन्दादेवी आलेको ६ वर्ष, दीपा गुरुङको २ र शान्ति अधिकारी जिसीको ४ वर्ष टुंगो लागेको छ ।

कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल दुई वर्ष हुने भएको छ ।

उनी नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य बनेका जितेन्द्र देवको कार्यकाल ६ वर्ष कायम भएको छ

यसैगरी सुमन प्याकुरेल चार वर्ष र रमेश यादवको दुई वर्ष कार्यकाल तय भएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोलाप्रथाबाट सदस्यहरु बिना पोखरेल, प्रमिला कुमारी, दिलकुमारी रावल,  नन्दा चपाई र इन्दु कडरियालाई छ वर्षको पदावधि मिलेको छ ।

त्यस्तै, नैनकला ओझा र तारादेवी भट्टको पदावधि चार वर्ष कायम भएको छ ।

यसैगरी सदस्यहरु मुक्ताकुमारी यादव, मीना बुढा, युटोल तामाङ र कमलाकुमारी ओलीको गोलाप्रथा छनोट प्रणालीबाट दुई वर्ष पदाधिकारी कायम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.