‘राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भने, ‘मुलुकमा भ्रष्टाचार छ’

रिपोर्ट नेपाल | 2018 Jul 13 | 08:32 am 3679

पर्वत, असार २९: राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भ्रष्टाचार र अनियमिततालाई शून्यमा झार्न जनप्रतिनिधिसँग आग्रह गरेका छन्।

जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभालाई बिहीबार साँझ सम्बोधन गर्दै तिमिल्सिनाले स्थानीय तहमा केही लोभी पापी मन सक्रिय बन्दै गएको र भ्रष्टाचार, ढिलासुस्ती र काममा लापर्वाही भइरहेको गुनासो आएको बताउँदै नागरिकलाई विनाझण्झट सेवा प्रवाह गर्न, बिचौलियाको अन्त्य गर्न तथा कमिसन त्याग्न आग्रह गरे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदम गिरीले पाँच वर्षभित्र निर्वाचनअघि गरेका सबै वाचा पूरा गरिने प्रतिबद्धता व्यक्त गरे। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विकास निर्माणमा सबै पक्ष समन्वय गरेर अघि बढ्नुपर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.