राष्ट्रिय विमानस्थल नीति ल्याइने

रिपोर्ट नेपाल | 2018 May 25 | 02:15 am 1412

काठमाडौँ, जेठ ११: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सरकारले राष्ट्रिय विमानस्थल नीति ल्याउने बताएका छन् ।

मन्त्री अधिकारीले सञ्चारकर्मीहरुसँगको छलफलमा कुन जिल्ला र स्थानमा कस्तो विमानस्थल आवश्यक हो वा कसरी विकास गर्न सकिन्छ भन्नेबारेमा नीति ल्याउने तयारी गरिएको जानकारी दिए ।

कतिपय जिल्लामा राजीतिक प्रभाव र उत्साहका कारण विमानस्थल खोलिने तर पछि विमान उड्ने पर्याप्त वातावरण, यात्रुको अभाव र विमानस्थल घाँसे मैदानमा परिणत हुने अवस्थाको अन्त्य हुने गरी नीति ल्याइने बताए । उनले नेपाल वायु सेवाको सेवाको प्रभावकारिताका लागि पनि आफूले काम गरिरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.