- महेश सिंह
सिरहा, चैत १ः सिरहाको धनगढीमाई नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको ८औं बैठक सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ नेपालको जिल्ला अध्यक्ष ईन्द्रेश राउतको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा संघका स्थाई कमिटी सदस्य बैद्यनाथ साह रहेका थियो।

बिशिस्ट अतिथिमा नेकपा एमालेको केन्द्रीय सदस्य रामपृत राम रहेका थिए। पार्टीको सर्कुलर युथफोर्स नेपालको सपथ ग्रहण अध्यक्ष ईन्द्रेश राउतले राष्ट्रिय युवा संघ नेपाल सिरहाको जिल्ला अध्यक्ष पदबाट राजीनामा दिई उपाध्यक्ष जयप्रकाश शर्मालाई सिरहा संयोजकमा चयन गरेका हुन्। संयोजक सहित १ सय १ जनाको जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको छ।
उक्त कार्यक्रममा युवा नेताहरुको सहभागीता रहेको आयोजक टिमको प्रतिनिधि बिरेन्द्र कुमार महतोले जानकारी दिए। नगरका वरिष्ठ नेता शिव शकर महतो लगायतका नेताहरुको उल्लेखनीय सहभागीता रहेको थियो।