काठमाडौं, जेठ २३ : नेपाली कांग्रेसले काठमाडौंमा रक्तदान कार्यक्रम गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच रगत दान गरेर कार्यक्रमको सुरु गरेका थिए ।
कार्यक्रममा उनले पार्टीको राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी बनाउन काठमाडौंमा रक्तदान कार्यक्रमको सुरु गरेको बताए । काठमाडौं उपत्यका भित्र रगतको अभाव हुन नदिन कांग्रेस जिल्ला सम्पर्क समितिहरुको संयोजनमा कार्यक्रम गरिएको बताए । रक्तदान कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार आयोजना गर्ने उनले बताए ।
कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गतको पहिलो चरणको कार्यक्रम जेठ २५ गते सकिदैछ ।