काठमाडौँ २९ फागुन / अध्यक्ष छान्ने मतादानमा राष्ट्रिय जनमोर्चा नेपालले राष्ट्रिय सभा बहिष्कार गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित राष्ट्रिय सभामा भएको मतदान प्रक्रियामा जनमोर्चा सांसदले भाग लिएनन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले आफ्नो पार्टीले कुनै पनि दलको अध्यक्ष पदका उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
जनमोर्चाका एक मात्र सांसद तुलप्रसाद विश्वकर्माले दुवै उम्मेदवारमध्ये कसैलाई भोट नहाली नो भोटको पक्षमा रहेको बताए ।
राष्ट्रिय सभा अध्यक्षका लागि माओवादी केन्द्रका सांसद नारायण दाहाल र कांग्रेसका सांसद युवराज शर्माबीच प्रतिस्पर्धा भएको छ ।