काठमाडौँ पुस २५ : माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि सोमबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । आयोगले २६ पुसबाट आचार संहिता लागू गर्ने निर्णय गरेको हो ।
आयोगले राप्रपाका उम्मेदवारलाई हलो, नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारलाई कलम, जसपाका उम्मेदवारलाई ढल्केको छाता तथा एमालेका उम्मेदवारलाई सूर्य र काँग्रेस उम्मेदवारलाई रुख चुनाव चिन्ह प्रदान गरेको छ ।
लोसपाका उम्मेदवारलाई साइकल, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलकारभित्र हँसिया हथौडा तथा नेमकिपाका उम्मेदवारलाई मादल चिन्ह प्रदान गरिएको आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रियसभाको १२ गते हुने चुनावबाट १९ जना निर्वाचित हुनेछन् ।
आयोगलगे निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ ।
आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको र उल्लंघन भएमा कानूनी कारवाही समेत हुने आयोगले बताएको छ ।