राष्ट्रियसभामा काँग्रेस सांसद पाण्डे नेतामा मनोनीत

रिपोर्ट नेपाल | 2018 Jun 06 | 05:02 pm 7332

काठमाडौँ, २३ जेठ : राष्ट्रियसभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन भएका छन्। काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुन् ।

पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम उनलाई मनोनयन गरिएको काँगे्रसका मुख्य सचेतक बालकृष्ण खाणले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.