राष्ट्रपति र प्रधानमन्त्री विवाह बन्धनमा बाँधिएको फोटो बनाउने प्रधानाध्यापक पक्राउ

रिपोर्ट नेपाल | 2019 May 07 | 03:13 pm 2378

सिन्धुपाल्चाेक, वैशाख २४ : साइबर क्राइमअन्तर्गत फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय मेलम्चीले मंगलबार उनलाई पक्राउ गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विवाहबन्धनमा बाँधिएकोे फोटो बनाएर आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

पक्राउ परेका चौलागाईंलाई आजै महानगरीय अपराध माहाशाखामा बुझाउने निरीक्षक दर्नालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.