काठमाडौं, फागुन २० महाशिवरात्रि पर्वको पूजा गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति क्षेत्र पुगेकी छिन्।
कडा सुरक्षा निगरानीका साथ उनी दिउँसो ४ बजेर ३८ मिनेटमा पशुपतिनाथ मन्दिरमा पूजा अरचना गर्नका लागि पुगेकी हुन।
राष्ट्रपति विद्यादेवी पुगेपछि त्यस क्षेत्रका सुरक्षा निगरानी अझ कडा पारिएको छ भने पशुपति आसपास लगायत क्षेत्रमा ९ हजार सुरक्षाकर्मी परिचालन बिहानदेखि नै परिचालित छन्।
पशुपति क्षेत्र विकास कोषका अनुसार अहिलेसम्म ७ लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गरिसेको जनाएको छ ।