राष्ट्रपति भण्डारीसँग नेपाल–फ्रान्स संसदीय समूहका प्रतिनिधिबीच शिष्टाचार भेट

रिपोर्ट नेपाल | 2022 Mar 10 | 05:45 pm 1473

काठमाडौं, फागुन २६ः राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल–फ्रान्स संसदीय समूहका प्रतिनिधिले शिष्टाचार भेट गरेकी छन्। बिहीबार शीतल निवास पुगेर नेपाल–फ्रान्स संसदीय समूहका प्रतिनिधिले राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार महाराजगञ्जमा भएको शिष्टाचार भेटमा नेपाल–फ्रान्स संसदीय समूहकी अध्यक्ष भेरोनिक रियोतों सहितको टोली उपस्थित थियो। उक्त भेटमा दुई देशको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको प्रवक्ता आचार्यले बताए।

‘भेटको अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो’, प्रवक्ता आचार्यले सार्वजनिक गरेकाे विज्ञप्तिमा भनिएको छ, ‘उक्त भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी समेतको उपस्थिति थियो।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.