मंसिर, मंसिर १५: राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।
प्रत्येक मंसिर शुक्ल पञ्चमी तिथिका दिन भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष सम्झनामा मनाईने विवाह पञ्चमीको अवसरमा उनले ‘सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना’ व्यक्त गरेका हुन् ।
‘आदिकालमा ज्ञान, शिक्षा र साँस्कृतिक वैभवले सम्पन्न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजश्री जनकको महिमाको गायन युगौं युगदेखि हुँदै आएको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘यस्तो गौरवपूर्ण स्थलमा हुने विवाह पञ्चमी महोत्सवको आफ्नै ऐतिहासिक महत्व छ । यस्ता पर्वहरूले आदर्श एवम् उच्च मर्यादित समाज निर्माण र राष्ट्रिय एकताको भावना जागृत गर्न सहयोग पुर्याउने विश्वास मैले लिएको छु ।’
साथै उनले प्राचीन साँस्कृतिक पर्व विवाह पञ्चमीले सबै नेपालीबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न मद्दत पुगोस् भनी शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देश
