राष्ट्रपति भण्डारीद्वारा तिहार पर्वका अवसरमा शुभकामना

रिपोर्ट नेपाल | 2022 Oct 24 | 06:53 am 2001

काठमाडौँ, कात्तिक ७ः राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वका अवसरमा शुभकामना सन्देश दिएकी छन् । उनले तिहार पर्वले राष्ट्रिय एकता थप सुदृढ बनाउन मद्दत पु-याउने विश्‍वास व्यक्त गरेकी छन् ।

उनले सम्पूर्ण नेपालीबीच तिहार पर्वले आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्नेसमेत विश्वास व्यक्त गरेकी छन् । विश्‍वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि उहाँले शुभकामनासमेत व्यक्त गरेकी छन् ।

“तिहार पर्वले एकातिर प्रकृति, मानव र प्राणीजगत्‌को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्दछ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउँछ,” सन्देशमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.