काठमाडौं, चैत २०ः भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो २ बजे मेलम्ची पानीको औपचारिक उद्घाटन गर्ने भएकी छन् ।
काठमाडौं उपत्यकामा पानी वितरण सुरु भएको एक सातापछि शुक्रबार मेलम्ची पानीको औपचारिक उद्घाटन गरिँने भएकाे हाे ।
मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओली पनि सहभागी हुने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
चैत १५ गतेदेखि नै काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण भइरहेको छ । यसअघि चैत २३ गते मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम राखिए पनि पानी वितरण भइसकेपछि ढिला गर्न नहुने निष्कर्षसहित शुक्रबार लागि उद्घाटन कार्यक्रम राखिएको आयोजना प्रमुख कमलराज श्रेष्ठले जानकारी दिए ।