राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसकाे अवसरमा एक शुभकामना सन्देश जारी

| 2020 May 28 | 07:29 am 3863

काठमाडाैं, जेठ १५ः १३ औँ गणतन्त्र दिवसकाे अवसरमा एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएकाे बताएका छन् ।

सन्देशमा राष्ट्रपतिले भनेका छन्, ‘आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ।’

सदाकाल स्वाधीन राष्ट्रका रूपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्याउने पूर्वजहरूको योगदानको स्मरण गर्दै राष्ट्रपतिले पूर्वजहरूको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन हार्दिक आह्वान पनि गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणमा परी स्वदेश तथा विदेशमा आफ्नो अमूल्य जीवन गुमाउने सबै नेपालीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

साथै,  सङ्क्रमित बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । शुभकामना सन्देशमा आजको यस ऐतिहासिक दिवसले सबै नेपालीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छासहित हार्दिक शुभकामना व्यक्त गर्दछु । भनिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.