राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर स्वदेश फिर्ता

| 2024 Jun 19 | 12:02 pm 361

काठमाडौँ ०५ असार /राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड तथा जर्मनीको एक साता लामो भ्रमण सकेर बुधवार स्वदेश फर्किएका छन् ।  जर्मनीको बर्लिनबाट कतारको दोहाहुँदै बुधवार विहान राष्ट्रपति पौडेलसहितको भ्रमण टोली काठमाडौं आइपुगेको हो ।

राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदुत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाई गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) को उद्घाटन मञ्चमा प्रमुख वक्ताका रुपमा राष्ट्रपति पौडेलले सम्बोधन गरेका थिए । यस्तै, उनले विभिन्न उच्च स्तरीय भेटवार्ता पनि गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.