राष्ट्रपति पौडेलद्वारा ‘बर्लिन पर्खाल’ को अवलोकन

| 2024 Jun 17 | 05:41 pm 297

काठमाडौँ ०३ असार / राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनकाे पर्खाललगायतका ऐतिहासिक स्थलकाे अवलोकन गरे ।  प्रथम महिला सविता पौडेलसहित भ्रमणमा सहभागी भएका छन् ।

११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको स्वीटजरल्याण्डको जेनेभामा भएको उद्घाटन सत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राती जर्मनी पुगेका हुन् ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच बर्लिनमा सोमबार नै भेटवार्ता हुने कार्यक्रम छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.