राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा बस्दै

| 2023 Aug 22 | 07:39 am 1157

काठमाडौँ, भदौ ५। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्दै हुनुहुन्छ। आज बिहान साढे ८ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वदलीय बैठक बस्न लागेको हो ।

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुनेछ ।

राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गनुृभएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद भएको ६० किलो सुनबारे छानबिन गर्न उच्चस्तरीय समिति माग गर्दै प्रतिपक्षी एमालेले साउन १० यता लगातार संसद अवरोध गरिरहेको छ।

तर, सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अगुवाइमा बसेको सर्वदलीय बैठकमा एमालेको मागअनुसार छानबिन समिति गठन गर्न सत्तारूढ दलहरू तयार भइसकेका छन् ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.