राष्ट्रपतिले गरे बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा

| 2025 May 12 | 11:38 am 745

काठमाडौँ २९ वैशाख / राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित पच्चीस सय ६९ औँ बुद्धजयन्तीका अवसरमा बौद्ध तथा मेलम्ची घ्याङ गुठी द्वारा २५६९ औं बुद्ध जयन्तीका अवसरमा सोमबार बिहान बौँद्ध महाचैत्य परिसरमा आयोजित कार्यक्रममा सरिक भएका छन ।

सो अवसरमा उनले त्यहाँ दीपप्रज्ज्वलन र पूजाअर्चना गरेका थिए । कार्यक्रमस्थलमा उनलाई गुरु र गुठीका पदाधिकारीले स्वागत गरेका थिए ।

बुद्धजयन्तीका अवसरमा आज बौद्धनाथमा बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.