राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

रिपोर्ट नेपाल | 2021 May 23 | 05:43 pm 2689

काठमाडाैं, जेठ ९ः राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । आइतबार भण्डारीले नेपाल नागरिकता( पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।

दुई वर्षभन्दा अघिदेखि छलफलका क्रममा रहेको नागरिकता अध्यादेश प्रतिनिधिसभा विघटन लगत्तै राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।

हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।

मधेस केन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।

सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.