राष्ट्रपतिद्वारा दुई देशमा राजदूत नियुक्त

| 2024 Jun 10 | 02:05 pm 505

काठमाडौँ २८ जेठ / राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम दुई देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।

स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीलाई सान मारिनोका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालाई गणतन्त्र निकारागुवाको गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.