काठमाडौं, पुस ३ : राष्ट्रिपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज भएको निधनप्रति दुःख व्यक्त गरेकी छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले यस दुःखद घडीमा स्वर्गीय गिरीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी जनाइएको छ ।