काठमाडौँ, चैत १६ः राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले उनीहरूलाई बुधबार सल्लाहकार नियुक्त गरेका हुन् । प्रमुख आर्थिक सल्लाहकार नेपाल पूर्वगभर्नर हुन् भने कानुनी सल्लाहकार कुँवर पूर्वप्रदेश प्रमुख हुन् ।
राष्ट्रपतिका प्रमुख आर्थिक सल्लाहकार नेपालले बुधबार नियुक्ति पाएको बताए । यसैगरी कानुनी सल्लाहकार कुँवरले राष्ट्रपति कार्यालय गएर नियुक्तिपत्र बुझेको बताए ।