काठमाडौँ, कार्तिक १२ : कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनले पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने राजकीय भ्रमणका लागि कतार प्रस्थान भएपछि पुनले राष्ट्रपतिले कार्यवाहक जिम्मेवारी पाएका हुन् ।
कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा कतारको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन गरिने गरी तोकिएको छ ।
नेपालको संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा उनीबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पन्न हुने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।