राष्ट्रकवि माधव घिमिरे फेरि विरामी, ग्राण्डीमा भर्ना

रिपोर्ट नेपाल | 2018 Jun 03 | 11:43 am 3862

काठमाडौं, जेठ २०: शनिबार उपचार गराएर स्वदेश फर्केका राष्ट्रकवि माधव प्रसाद घिमिरे फेरि विरामी भएका छन् । उनलार्इ उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । घिमिरेलार्इ निमोनिया थप बढेको उपचारमा संलग्‍न चिकित्सकले जानकारी दिएका छन् ।

भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएर चिकित्सकको सल्लाहमा छोरा इन्दीवरको साथमा नेपाल वायु सेवा निगमको जहाजबाट शनिबार दिउँसो स्वदेश फर्केका थिए ।

राष्ट्रकवि घिमिरे पुनः एक महिनापछि नियमित स्वास्थ्य परीक्षणका लागि चिकित्सकको सल्लाहअनुसार मेदान्त अस्पताल जाने कार्यक्रम थियो । राष्ट्रकवि घिमिरको सानो आन्द्राबाट रक्तस्राव नरोकिएपछि उपचारका लागि गत जेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो ।

उनको स्वास्थ्यमा सुधार आएपछि गत सोमबार उच्च हेरविचार इकाई (हाइकेयर युनिट ) बाट गत जेठ १४ गते क्याबिनमा सारिएको थियो । मेदान्त अस्पतालका चिकित्सक डा रणवीर सुदको टोलीले उनको उपचार गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.