राष्ट्रकवि माधव घिमिरे उपचारपछि स्वदेश फर्किए

रिपोर्ट नेपाल | 2018 Jun 02 | 04:24 pm 4275

काठमाडौँ १९ जेठ : राष्ट्रकवि माधव घिमिरे भारतमा उपचार गरएर स्वदेश फर्किएका छन् । नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत राष्ट्रकवि घिमिरे एघार दिनपछि घर फर्किएका हुन् ।

शनिबार दिउँसो २ बजे उनी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आइपुगेका हुन। सानो आन्द्रामा भएको रक्त स्राव नरोकिएपछि अघिल्लो बुधबार उनलाई थप उपचारका लागि दिल्ली लगिएको थियो।

दिल्लीमा इन्डोस्कोपीपछि उनको सानो आन्द्रामा दुई ठाउँ हलुका घाउ भएको पत्ता लागेको थियो। ती घाउलाई लेजर प्रबिधिबाट डामिएको थियो। उक्त उपचारपछि रक्तस्राव रोकिएसँगै घिमिरेको स्वास्थ्यमा सुधार हुँदै आएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.