राष्ट्रकवि घिमिरेलार्इ थप उपचारका लागि भारत लगिने

रिपोर्ट नेपाल | 2018 Jun 04 | 07:07 am 857

काठमाडौं, जेठ २१: राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा पुनः समस्या देखिएपछि थप उपचारका लागि भारत आज (सोमबार) लगिने भएको छ । शनिबार मात्रै भारतको मेदान्त अस्पतालमा उपचार गरी स्वदेश फर्केका घिमिरेको स्वास्थ्यमा समस्या देखिएको थियो ।

ग्राण्डी अस्पतालमा उपचाररत उनको दिसामा निरन्तर रगत देखिएपछि गत जेठ ९ गते भारतको मेदान्त अस्पताल लगिएको थियो ।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेका अनुसार आइतबार साँझबाट पुरानै समस्या (दिसाबाट रगत जाने) बल्झिएपछि भारत लैजाने तयारी भएको हो ।

उनले घिमिरे परिवारले भारतमा उपचाररत चिकित्सकसँग सम्पर्क गरेपछि सोही अस्पताल लैजाने निधो भएको पुष्टि गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.