भारत, कार्तिक २३ : अयोध्याको विवादित जमिन हिन्दूहरूको भएको भारतको सर्वोच्च अदालतले ठहर गरेको छ । राम मन्दिर बाबरी मस्जिद विवादमा भारतको सर्वोच्च अदालतले शनिबार निर्णय सुनाउँदै अयोध्याको विवादित जमिन हिन्दूहरूको भएको ठहर गरेको हो । यससँगै राम मन्दिर बनाउने बाटो खुलेको छ ।
अदालतले मुस्लिमहरूलाई वैकल्पिक जमिन उपलब्ध गराउन आदेश समेत दिएको छ । प्रधान न्यायाधीश रञ्जन गोगोइले गरेको फैसलामा मुस्लिम पक्षलाई पाँच एकड जमिन छुट्टै ठाउँमा दिन केन्द्र सरकारलाई भनेका छन् ।
४० दिनको लगातार सुनुवाईपछि भारतको सर्वोच्चले यस्तो आदेश सुनाएको हो । आदेश सुनाउने समयमा यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै भारतले वीरगञ्जस्थित नेपाल भारत सीमा नाका शिल गरेको थियो ।