रामेछापका समाजसेवीहरु स्वास्थ्य सामाग्री वितरणमा जुट्दै

| 2021 May 29 | 02:42 pm 4205

रामेछाप, जेठ १५ः कोराना महामारीबाट आक्रान्त बिरामीको उपचार तथा राहतमा सरकारले हात उठाएपछि जनता आक्रान्त बनेका छन् । कोरानाले आक्रान्त जनताको घाउमा मलाम पट्टी लगाउने अभियानका लागि राजधानी काठमाडौंमा रहेका रामेछापबासी समाजेसेवीहरु अहोरात्र जुटेका छन् । नेपाली काँग्रेस रामेछाप सुनापति –२ दिमिपोखरी गाउँ कार्यसमितिको अनुरोधमा राजधानी काठमाडौंमा रहेका रामेछापका समाजसेवी तथा अगुवाहरुले राहतको पहल सुरु गरेका हुन् ।

नेपाली काँग्रेस रामेछाप प्रदेश ‘ख’ को उम्मेदवार जितबहादुर मगरको पहल र नेपाली काँग्रेस रामेछाप काठमाडौँ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको समायोजनमा पहल सुरु भएको हो । विभिन्न दाताबाट उपलव्ध भएका स्वास्थ्य सामग्रीहरु साबिक दिमिपोखरी १ देखि ९ सम्म र दोरम्बा गाउँपालिका वडा नं ६ रजमनटारमा सामाजिक दुरी कायम राख्दै वितरण गरिएको छ ।

अभियान सफल बनाउन सामान जुटाउने क्रममा साथ दिने नेपाली काँग्रेस सुनापती गाउँ कमिटिका कोषाध्यक्ष निलबहादुर मगर र युवा समाजसेवी हेम थापा मगर (मानपुर ), सामान जुटाउने देखि यात्राको क्रममा सवारी साधन उपलव्ध गराएर साथ दिने नेपाली काँग्रेस रामेछाप प्रदेश ‘ख’ आमन्त्रित सदस्य मिलन खपांगी मगर, गाउँ कार्यसमिति सदस्य भिमबहादुर थापा मगर, नेपाल तामांग संघ गाउँ कार्यसमिति अध्यक्ष माइला लामा, कान्छाराम लामा (पोखरी ) पूर्णबहादुर मगर (राम्चे ) गंणकुमार थापामगर (मगर गाउँ ) लगायत सम्पूर्ण सहयोगीहरु प्रति सुनापति –२ दिमिपोखरी गाउँ कार्यसमितिले धन्यवाद व्यक्त गरेको छ ।

नेपाली काँग्रेस रामेछाप महासमिति सदस्य, संघिय उम्मेदवार, समाजसेबी युवा नेता पूर्णबहादुर तामांग (कान्छाराम ) द्धारा १५ सय पिस माक्स उपलव्ध भएको छ । नेपाली काँग्रेस रामेछाप महाधिबेशन प्रतिनिधि भरत प्रसाद चौलागाईबाट १० हजार पिस माक्स, २१ सय पिस सावुन, र १० पिस पीपीई सेट उपलव्ध भएको छ । नेपाली काँग्रेस रामेछापका आमन्त्रित सदस्य, समाजसेबी रामकृष्ण ढुंगेलबाट ५० लिटर सेनिटाइजर, नेपाली काँग्रेस रामेछाप प्रदेश ’ ख’ आमन्त्रित सदस्य मिलन खपांगी मगर ५० लिटर सेनिटाइजर, ५ हजार पिस माक्स र आउने जाने गाडी उपलव्ध भएको छ ।

यसैगरी नेपाली काँग्रेस सुनापति –२ का वडा अध्यक्ष्यका उम्मेदवार ढालबहादुर खपांगी मगरबाट ५ हजार पिस माक्स, नेपाली काँग्रेस सुनापति –२ का क्षेत्रीय प्रतिनिधि गगनबहादुर थापा मगरबाट ५० लिटर सेनिटाइजर, युवा समाजसेबी हेम बहादुर थापा मगर (मानपुर ) बाट ६ सय पिस सन्चो औषधी, युवा समाजसेबी सगरमाथा टेण्ट हाउसका प्रवन्ध निर्देशक तेजनारायण (गोरे श्रेष्ठ ) बाट ६ सय पिस सन्चो, ८ हजार पिस माक्स, युवा समाजसेबी तेजबहादुर थापा मगर (मानपुर ) बाट ५० लिटर सेनिटाइजर उपलव्ध भएको छ ।

युवा समाजसेबी संजय थापा मगर (मानपुर )बाट ५० लिटर सेनिटाइजर, युवा समाजसेबी कबिन्द्र थापा मगर (सिता घर कुमार मानपुर ) बाट ५ हजार पिस माक्स, युवा समाजसेबी कर्णबहादुर राना मगर (राम्चे झाक्री टोल ) बाट २५ सय पिस माक्स उपलव्ध भएको छ । नेपाल तामांग संघ गाउँ कार्यसमिति अध्यक्ष माइला लामाबाट ५ हजार पिस माक्स र आउने जाने गाडि उपलव्ध भएको छ ।

यसैगरी युवा समाजसेबीहरु कान्छाराम लामा (पोखरी) १ हजार पिस माक्स, मेघबहादुर कडेल (मानपुर) ३ हजार पिस माक्स, भद्रबहादुर थापा मगर (नयाँघर मानपुर) बाट २५ सय पिस माक्स, मल्लिक केसी (उडिसा इन्डिया) बाट ५ सय पिस माक्स, राम्चे युबा समूहबाट ५० लिटर सेनिटाइजर र २ हजार पिस माक्स, नेपाली काँग्रेस सुनापति –२ गाउँ कार्य समिति सदस्य भिमबहादुर थापा मगरबाट १ हजार पिस माक्स र नेपाली काँग्रेस सुनापति–२ गाउँ कार्य समिति सभापति बेनबहादुर थापा मगरबाट ५० लिटर सेनिटाइजर उपलव्ध भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.