– रूद्रदेव पाण्डे
काठमाडाै, असार १६ । विभिन्न विधामा कलम चलाउने र रचनाका माध्यमबाट समाजमा रहेका विकृति, विसंगति र अन्धविश्वासलाई प्रहार गरिरहने लेखक/रचनाकार रामदेव पाण्डेको रचनामा बविना भट्टराईको स्वर/संगित रहेको “तिमी नमर्नु है” आधुनिक गीत सार्वजनिक भएको छ ।
उक्त गीतमा रचनाकार पाण्डेले मिलन र विछोमा हुने मानवीय कृयाकलापलाई उजागर गरेका छन् । माया प्रेममा परेका प्रेमिल जोडीहरु विछोडिदा अप्रिय घटनाहरु भैरहेका हामीले सुनीरहेका हुन्छौ, त्यस्ता जोडीहरुलाई मिलनमा मात्र होइन विछोडमा पनी जीवन चल्छ भन्ने मनोभावना प्रकट रचनाकार पाण्डेले गरेका छन् ।
जीवनमा आइपर्ने हरेक अप्ठयाराहरुलाई सहजरुपमा लिई एक पटक पाइने अमूल्य जीवनलाई सार्थक बनाउन सकिने उद्घोष रचनाकार पाण्डेको छ । रचनाकार पाण्डेले विशेषगरी विछोडीएकाहरुलाई सरलशैलीमा सम्झाइ बुझाइ गरेका छन् । जीवन चलाउन मिलन नै हुनुपर्छ भन्ने होइन, विछोडमा पनि चित्त बुझाएर आफ्ना दैनीकीहरुलाई नछोडी भविष्य उज्ज्वल बनाउनेतर्फ लाग्नु पर्दछ भन्ने सन्देश दिएका छन् । त्यसकारण यथार्थ परक रचना गर्न रुचाउने रचनाकार पाण्डेको यो गीत उत्कृष्ट रहेको छ ।
साधारणतया सर्जकहरुले आफ्ना जीवनमा परेका कुराहरुलाई रचनामा लिपिबद्ध गर्न निपुण हुन्छन्, यस रचनामा पनि कताकता सर्जकले आफ्नै जीवनमा आइपरेका कुराहरुलाई लिपिबद्ध गरेका त होइनन् भन्ने प्रश्न उब्जीनु पनि स्वभाविक हो ।
यस गीतलाई उत्कृष्ट बनाउन सरोज रञ्जितकारले सम्पादन गरेका छन्, एरेन्ज/मिक्सिङ/मास्टरीङ सञ्जय श्रीपाल र क्यामरामा बुद्ध थापा रहेका छन् भने मुर्चुङ्गा स्टुडियोमा रेकडिङ गरिएको याे गीत Babina Bhattarai Youtube Channel मा हेर्न सकिन्छ ।
तस्विरः रामदेव पाण्डेको फेसबुकबाट