राप्रपा नेपालले चुनावी समीक्षा गर्दै

रिपोर्ट नेपाल | 2022 May 23 | 10:46 am 1797

काठमाडाैं, जेठ ९ः कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय चुनावको समीक्षा गर्न कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बैठक नवदुर्गा पार्टी प्यालेसमा बसिरहेको छ ।

पार्टी प्रवक्ता सुरेश आचार्यले बैठकमा वर्तमान राजनीतिक परिस्थिति तथा पार्टीको भावी कार्यदिशा र स्थानीय तह सदस्य निर्वाचन समीक्षा हुने कार्यतालिका रहेको रातोपाटीलाई जानकारी दिए । पार्टीले स्थानीय चुनावमा खराब प्रदर्शन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.