राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि धुम्बाराही कार्यालयमै हातपात

| 2024 Mar 10 | 01:08 pm 457

काठमाण्डौ २७ फागुन / आइतबार बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी श्रेष्ठमाथि हातपात भएको हो।

कार्यसम्पादन समिति बैठक खाना खाएपछि पुन: बस्ने गरी स्थगित भएको छ। बैठक स्थगित भएपछि बाहिर निस्कँदै गर्दा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्षबाहिर श्रेष्ठमाथि हातपात भएको हो।

नेता श्रेष्ठले कार्यसम्पादन समिति बैठकमा भ्रष्टाचारका विषयका कुरा राखेका थिए। त्यसबेला श्रेष्ठ र विक्रम पाण्डेसँग भनाभन भएको थियो।

बैठकपछि पाण्डेनिकटले श्रेष्ठमाथि हातपात गरेको आरोप लागेको छ। राप्रपा केन्द्रीय कार्यालयले भने सिसी टिभी फुटेज हेरेर कारबाही प्रक्रियामा जाने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.