राप्रपा अध्यक्ष कमल थापासहित ३ नेता पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 08 | 03:19 pm 1673

काठमाडौं, चैत्र २५ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ३ नेता पक्राउ परेका छन् । हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनमा राजधानीको पद्मोदय मोडबाट अध्यक्ष थापासहित नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा अध्यक्ष थापा, नेता बुद्धिमान तामाङ,दिपक बोहोरा लगायत रहेका छन् । हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै राप्रपाले सोमबार प्रदर्शनीमार्गमा प्रदर्शन गरेको थियो ।

दर्शनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.